जि.एस.ए सोसाइटी ईन्टरनेशनल ट्राभल्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । थाई एयरवेजका तर्फबाट सो एयरलाइन्सको जि.एस.ए सोसाइटी ईन्टरनेशनल ट्राभल्सद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
‘जीवनको उपहार दिऔँ’ भन्ने मूल नारासहित काठमाडौँको हात्तीसारमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम बिहान १० बजेबाट दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो ।
मानव सेवा र सामाजिक उत्तरदायित्व अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरिएको सोसाइटी ईन्टरनेशनल ट्राभल्सले जनाएको छ । आपतकालीन अवस्थामा रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग पुर्याउनु र समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु प्रमुख उद्देश्य र दायित्व भएको कम्पनीले जनाएको छ ।
थाई एयरवेजले सबैलाई रक्तदानमा सहभागी भई जीवन बचाउने पुण्य कार्यमा हातेमालो गर्न आग्रह गरेको थियो । ‘तपाईँको सानो योगदानले कसैको जीवन बच्न सक्छ,’ थाई एयरवेजले भनेको छ ।
उक्त कार्यक्रममा सोसाइटी ईन्टरनेशनल परिवार, विभिन्न ट्राभल एजेन्सी तथा सेवाग्राहीहरू गरेर १ सय ३१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो ।
उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई धन्यवाद स्वरूप प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।








