एनआईसी एसिया बैंकका ग्राहकहरूलाई लेमोन ट्रि प्रिमियर, बुढानीलकण्ठमा २०% सम्म छुट

काठमाडौँ । एनआईसी एसिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबिच यस बैंकका ग्राहकहरूलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौतापछि यस बैंकका ग्राहकहरूले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका छन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।








