एनसेलको ‘बिज सधैं अन’मा मनसुन अफर, १० महिनाको शुल्कमा १२ महिनाको सेवा

काठमाडौं । साना, मझौला तथा कर्पोरेट व्यवसायहरूलाई लक्षित गर्दै दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ‘बिज सधैं अन’ योजनामा मनसुन विशेष अफर सार्वजनिक गरेको छ । नयाँ अफर अन्तर्गत, ग्राहकहरूले १० महिनाको शुल्कमा १२ महिनासम्म सेवा लिन सक्ने सुविधा पाउने भएका छन् ।

एनसेलका अनुसार, यो अफर अन्तर्गत ग्राहकहरूले ‘बिज सधैं अन ३९९’ वा ‘बिज सधैं अन ६४९’ योजना लिँदा थप दुई महिनासम्म निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् । यस अफरले व्यवसायीहरूलाई न्यून लागतमा दीर्घकालीन सेवा प्रयोग गर्न सक्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

योजना अनुसार सुविधा यस्तो छः

  • बिज सधैं अन ३९९ प्लानः
  • हरेक महिना १० जीबी डेटा
  • ४०० मिनेट टक टाइम (लोकल नेटवर्कमा)
  • ४०० एसएमएस
  • बिज सधैं अन ६४९ प्लानः
  • हरेक महिना ३० जीबी डेटा
  • अनलिमिटेड टक टाइम
  • ६५० एसएमएस

त्यस्तै, कर्पोरेट ग्राहकहरूका लागि बन्डल अफर पनि लागू गरिएको छ । जसमा तीनवटा मोबाइल नम्बरको वार्षिक सदस्यता लिँदा एउटा नम्बरले ६ महिनाको निःशुल्क सेवा पाउनेछ । पाँचवटा नम्बरका लागि सदस्यता लिँदा दुईवटा नम्बरलाई यस्तो सुविधा दिइनेछ ।

एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने, ‘उपभोक्तालाई सशक्त बनाउन ‘सधैं अन’ सेवा अन्तर्गत वर्षभरि कम खर्चमा सेवा उपलब्ध गराउने उद्देश्यले यो अफर ल्याएका हौं । यसले व्यवसायको वृद्धि र डिजिटल पहुँच विस्तारमा सहयोग गर्ने विश्वास लिएका छौं ।’

यसका साथै, एनसेलले आफ्नो क्लाउड र डाटा सेन्टर सेवामा पनि सीमित अवधिका लागि विशेष छुट दिएको छ । इच्छुक ग्राहकहरूले एनसेलको वेबसाइटमा गई कलब्याक अनुरोध गर्न सक्नेछन् ।

एनसेलले बिज सधैं अन योजनाका ग्राहकहरूलाई लायन्सगेट प्ले  तथा मेरो लगानी एपमा समेत पहुँच दिने सुविधा उपलब्ध गराएको छ । लायन्सगेट विश्वप्रसिद्ध कन्टेन्ट कम्पनी हो भने मेरो लगानी एपले सेयर बजारसम्बन्धी नाफा–नोक्सान ट्र्याक गर्न सहयोग पुर्‍याउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =