‘We Can’ मूल मन्त्रसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ‘We Can.’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सेल्स कन्भेन्सन–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ ।

पोखरामा सम्पन्न कार्यक्रममा देशभरबाट झन्डै २०० जना प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ, ब्रान्च अपरेसन तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम कम्पनीको अध्यक्ष केशवप्रसाद भट्टराई, संचालकहरू हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री तथा अन्य उच्च व्यवस्थापन टोलीको उपस्थितिमा सम्पन्न भएको हो ।

कम्पनीले सेल्स कन्भेन्सनमार्फत चालू अवस्था, आगामी विस्तार योजना, र लक्ष्य निर्धारणसँगै कर्मचारीहरूलाई प्रशिक्षण र सम्मान प्रदान गरेको छ ।

कार्यक्रममा भारतका प्रसिद्ध सेल्स ट्रेनर अनिल कुमार झाले जीवन बीमा क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव बाँड्दै सेल्स स्किल, एजेण्ट निर्माण र व्यक्तित्व विकाससम्बन्धी विशेष प्रशिक्षण दिएका थिए ।

उत्कृष्ट कर्मचारीहरू सम्मानित

कम्पनीले विभिन्न विधामा योगदान पुर्‍याएका १२९ जना कर्मचारीलाई सम्मान गरेको छ। Best Employee of the Year अन्तर्गत ५ विधामा उत्कृष्ट ठहरिएकाहरू यस्ता छन्:

  • प्रदेश प्रमुख : मोहन पुरी (प्रदेश ७)

  • रिजनल म्यानेजर : राम प्रसाद उपाध्याय (सुदूर पश्चिम हिल)

  • ब्रान्च म्यानेजर : रविन्द्र प्रसाद शर्मा (दैलेख शाखा)

  • ब्रान्च अपरेसन : सन्जय सुन्दास (नयाँबानेश्वर शाखा)

  • सेल्स एक्जुकेटिभ : सन्तोष ज्ञवाली (बुटवल पाल्पारोड शाखा)

उनीहरूलाई कम्पनी अध्यक्ष, संचालक तथा उच्च व्यवस्थापन टोलीले प्रमाणपत्र तथा सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जीवन बीमा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्न योगदान पुर्‍याउने सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दै, “बीमितको हित नै कम्पनीको हित” भन्ने मूल मन्त्रमा रहन आग्रह गरे । साथै उनले भविष्यमा अन्तर्राष्ट्रिय स्तरका तालिम र क्षमता अभिवृद्धि कार्यक्रमहरू थप सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

चिफ बिजनेस अफिसर फर्शुराम मरासिनीले वार्षिक व्यवसाय समीक्षा प्रस्तुत गर्दै आगामी रणनीति स्पष्ट पारे र लक्ष्य प्राप्तिका लागि प्रेरित गरे ।

सूर्यज्योतिले हालै प्राविधिक नवप्रवर्तन गर्दै नेपालमै पहिलो पटक अनलाइनमार्फत जीवन बीमाका आधारमा लोन सेवा (e-karja) सुरु गरिसकेको छ । त्यस्तै, बीमित तथा अभिकर्ताको हितका लागि ‘SuryaJyoti Cares’ डिजिटल कार्ड सेवा समेत सुरुआत गरेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स नेपालकै पहिलो ISO 9001:2015 प्रमाणित जीवन बीमा कम्पनी हो। कम्पनीको चुक्ता पूँजी रु ५०१ करोड, कुल लगानी ४६०० करोड, जीवन बीमा कोष ४२०० करोड, नेटवर्थ ६२८ करोड, र जारी बीमालेख संख्या ३४ लाख पुगेको छ ।

देशभर १७३ शाखामार्फत सेवा दिइरहेको कम्पनीसँग १ लाख ३ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता छन् ।

कम्पनीले ३५ घातक रोगहरूको उपचारमा रु ५० लाखसम्मको बीमा सुविधा दिने एकमात्र जीवन बीमा कम्पनी बन्ने सफलतासमेत हासिल गरिसकेको छ ।

कार्यक्रमका अध्यक्ष केशव प्रसाद भट्टराईले निरन्तरको मेहनत र समर्पणले जस्तोसुकै लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै कर्मचारीको आर्थिक उन्नति, प्रगति र हितका लागि संचालक समिति सधैं सकारात्मक रहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =