सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा

काठमाडौं । सानिमा बैंकले अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्ग प्रविधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरूलाई सहज र सरल रुपमा सुविधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपेसंगको सहकार्यमा अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा ल्याएको हो ।

यस सेवा अन्तर्गत ग्राहकहरूले फोन पे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिनेछ ।

यस सेवाले दुर्गम स्थानका शाखामा सीमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपत्कालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ । साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क/FCY सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =