फ्रन्टलाईन हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
२०८२ साउन ८ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिका, वडा नं १०, बानेश्वर स्थित फ्रन्टलाईन हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई फ्रन्टलाईन हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
सो छुट सेवासुविधा फ्रन्टलाईन हस्पिटलमा प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौता पत्रमा फ्रन्टलाईन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंक ली।का तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारको संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको हो ।
२०८२ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








