सारथी केवल इन्डष्ट्रीज र सिटिजन्स क्यापिटल बिच प्राथमिक शेयर निष्कासनका लागि सम्झौता

काठमाडौँ । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निष्कासन सम्बन्धी सम्झौता गरेको छ ।

बुधवार उक्त सम्झौताको औपचारिक कार्यक्रम होटल मेरियट, काठमाडौँमा सम्पन्न भयो । उक्त सम्झौता पत्रमा सारथि केवल इन्डष्ट्रीज लिमिटेडका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आगामी आर्थिक वर्ष २०८२र८३ मा आफ्नो जारी पुँजीको २० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ । यस IPO मार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

IPO बाट सङ्कलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलोपटक Underground Cable उत्पादन सुरु गर्दै नेपालमा विद्युत् सामग्री उत्पादनमा आत्मनिर्भरता ल्याउनेतर्फ एक ऐतिहासिक प्रयास हुने र त्यसका साथै अत्याधुनिक प्रविधि प्रयोग गरी Aluminium Furnance Plant जडान गर्ने लक्ष्य लिएको बताइएको छ ।

यसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत् पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्ने बताइएको छ । साथै लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ ।

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले विगत १८ वर्ष देखि नेपालकै प्रतिष्ठित केवल तथा तार उत्पादन कम्पनीहरूमध्ये एक अग्रणी कम्पनी हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =