‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ को निष्कासन समाप्त

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ ।

कुल ३०,००,००० इकाईहरू, प्रत्येक रु. १,००० को अंकित मूल्यमा, जम्मा रु. ३ अर्ब बराबरको यो निष्कासनमा १.२ करोडभन्दा बढी इकाईहरूका लागि आवेदन प्राप्त भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार २०८२ असार ३० देखि श्रावण १ सम्म खुला रहेको यो निष्कासनमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसले नेपाल एसबिआई बैंकको वित्तीय स्थिरता र प्रगतिप्रतिको बलियो विश्वास झल्काउने बताइएको छ ।

कुल इकाईहरूमध्ये १८,००,००० इकाईहरू निजी प्लेसमेन्टमार्फत र १२,००,००० इकाईहरू सर्वसाधारणका लागि प्रस्ताव गरिएको थियो, जसमध्ये ५ प्रतिशत (६०,००० इकाई) म्युचुअल फन्डहरूका लागि सुरक्षित राखिएको थियो ।

१० वर्ष अवधिका लागि जारी उक्त ऋणपत्रमा ७ प्रतिशत वार्षिक आकर्षक ब्याजदर रहेको थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २०८२ ज्येष्ठ ७ मा यो निष्कासनलाई स्वीकृति प्रदान गरेको थियो भने नबिल इन्भेस्टमेन्ट बैंकिंङ्ग लिमिटेडले निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =