फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन सुन १ लाख ९२ हजार ३ सय रुपौयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यले पनि १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी २ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =