महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बैंकको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकको रुपमा अश्वीनी कुमार ठाकुरलाई नियुक्त गरेको छ ।

बैंकको असार २० गते बसेको सञ्चालक समिति बैठकको निर्णयानुसार ठाकुरलाई नियमनकारी कानुन बमोजिम नियुक्त गरिएको हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४(३) अनुसार नियुक्त भएका ठाकुर नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत हुन् । साथै, उनले राष्ट्रिय जीवन बीमा कम्पनी (पूर्व राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, र नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड जस्ता संस्थाहरुमा समेत बोर्ड सदस्यको रुपमा अनुभव हासिल गरिसकेका छन् ।

उनले आज असार २९ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पद बहाली गरेका हुन् । कार्यक्रममा सञ्चालक समितिका सदस्यहरुले उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

बैंकले विश्वास व्यक्त गर्दै भनेको छ, ‘श्री ठाकुरको विगतको अनुभवले संस्थागत सुशासन अभिवृद्धि गर्दै बैंकलाई थप सबल र प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।’

‘सबल बैंक, सफल सहकार्य’ नाराका साथ देशभर १०३ वटा शाखामार्फत सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकका हाल ८ लाखभन्दा बढी ग्राहक छन् ।

बैंकले गुणस्तरीय वित्तीय सेवा घरदैलोमा पु¥याउने प्रतिबद्धता दोहोर्याउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =