आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आ.व.को मौद्रिक नीतिको समीक्षा गर्दै आगामी वर्षका लागि मौद्रिक नीति ल्याएको छ ।

नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै आज गभर्नर डा. विश्वनाथ पौडेलले वार्षिक तथा मौद्रिक लक्ष्यहरूको स्थितिको समीक्षा समेत गरे। उनकाअनुसार आर्थिक वर्ष २०८१/८२ का लागि मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य रहेकोमा २०८२ जेठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । २०८२ जेठ महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य लिएकोमा २०८२ जेठ मसान्तमा कायम रहेको सञ्चिति १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले व्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधाको व्याजदर ६.५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधाको व्याजदर ३.० प्रतिशत र नीतिगत दर ५.० प्रतिशत निर्धारण गरी भारित औसत अन्तरबैंक दर नीतिगत दरको हाराहारीमा कायम गराउने सञ्चालन लक्ष्य तय गरेको थियो । २०८२ जेठ मसान्तसम्ममा भारित औसत अन्तरबैंक दर ३.० प्रतिशत कायम रहेको छ ।

मौद्रिक नीतिको व्यवस्थाअनुसार तरलता व्यवस्थापनका लागि स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालन गरिएको गभर्नर पौडेलले बताए ।

तरलता व्यवस्थापन तथा व्याजदरतर्फ आर्थिक वर्ष २०८१/८२ को चार महिनासम्ममा निक्षेप संकलन बोलकबोलमार्फत ८१ पटक गरी २७ खर्व ८४ अर्व ८० करोड तथा स्थायी निक्षेप सूचि धामार्फत १२५ पटक गरी १८५ खर्ब ५८ अर्व ७० करोड तरलता प्रशोचन भएको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ओभरनाइट तरलता सुविधामार्फत उपभोग गरेको २ अर्ब ७० करोड घटाउँदा खुद २१३ खर्व ४० अर्व ८० करोड तरनता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोवारका विभिन्न उपकरणमार्फत खुद ३८ खर्ब ५८ अर्व ८४ करोड तरलता प्रशोचन गरिएको थियो ।

राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०८१/८२ को एघार महिनासम्ममा विदेशी विनिमय बजारबाट अमेरिकी डलरको खुद खरिदमार्फत ६७३ अर्ब २३ करोड तरलता प्रवाह भाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबारमार्फत ७८३ अर्ब ४७ करोड तरलता प्रवाह भएको थियो ।

यस अबधिमा अल्पकालीन व्याजदारहरू स्थायी निक्षेप सुविधा दरकै हाराहारीमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर अघिल्लो आर्थिक वर्ष औसत ३.६२ प्रतिशत रहेकोमा २०८२ जेठसम्ममा औसत २.९९ प्रतिशत कायम भएको छ । यसैगरी, ९१ दिने ट्रेजरी बिल्सको भारित औसत व्याजदर २०८१ असारमा ३.०० प्रतिशत रहेकोमा २०८२ जेठमा २.९४ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाको अल्पकालीन व्याजदारहरू न्यून रहेकोले निक्षेप र कर्जाको व्याजदरहक समेत घट्दै गएका छन् । २०८१ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत व्याजदर ६.१७ प्रतिशत, विकास बैंकहरूको ७.०७ प्रतिशत र वित्त कम्पनीहरूको ८.२८ प्रतिशत रहेकोमा २०८२ जेठमा यस्ता औसत व्याजदारहरू क्रमशः ४.२९ प्रतिशत, ५.०२ प्रतिशत र ६.०९ प्रतिशत कायम भएको छ ।

यसैगरी, २०८१ जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत व्याजदर १०.१५ प्रतिशत, विकास बैंकहरूको ११.६३ प्रतिशत र वित्त कम्पनीहरूको १२.८५ प्रतिशत रहेकोमा २०८२ जेठमा यस्ता जौबत व्याजदारहरू क्रमशः ७.९९ प्रतिशत, ९.४० प्रतिशत र १०.२२ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार २०८२ वैशाख मसान्तमा वाणिज्य बैंकहरूबाट लगानीमा रहेको कुल कर्जामध्ये कृषि क्षेत्रमा १३.९ प्रतिशत अर्थात् ६४७ अर्व ८५ करोड, ऊर्जा क्षेत्रमा ९.० प्रतिशत अर्थात् ४१८ अर्ब ७४ करोड र लघु, घरेलु, साना एवम् मझौला उपयम क्षेत्रमा १०.८ प्रतिशत अर्थात् ५०३ अर्ब २९ करोड रहेको छ ।

यसैगरी, विकास बैंकहरुबाट कृषि, लघु, घरेलु तथा साना उद्यम व्यवसाय, ऊजां र पर्यटन क्षेत्रमा कुल कर्जाको २६.४ प्रतिशत अर्थात् १३२ अर्ब ८८ करोड र वित्त कम्पनीहरूबाट १८.८ प्रतिशत १९ अर्व ६ करोड कर्जा लगानीमा रहेको छ ।

वाणिज्य बैंकहरूबाट प्रवाह भएको कुल कर्जामध्ये २०८१ चैत मसान्तमा औसत ५.६ प्रतिशत अर्थात् २५२ अर्व २२ करोड ऊर्जा विपन्न वर्गमा प्रवाह भएको छ । यसैगरी, विकास बैंकहरूबाट ७.१ प्रतिशत अर्थात् २६ अर्ब १७ करोड र वित्त कम्पनीहरूबाट ५.५ प्रतिशत अर्थात् ५ अर्च ५० करोड कर्जा विपन्न वर्गमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seventeen =