सिद्धार्थ बैंकका ग्राहकहरूलाई बबर महल भिलासमा १० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र बबर महल भिलास बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बबर महल स्थित बबर महल भिलास काठमाडौंमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज एण्ड स्पा सम्बन्धी सेवामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =