थाइल्याण्ड जाँदा विरामी भएका स्वास्थ्यमन्त्री अस्पतालबाट डिस्चार्ज
२०८२ असार २० गते

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार आएसँगै उनी वीर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माका अनुसार मन्त्री पौडेलको उपचार उनकै नेतृत्वमा रहेको चिकित्सक टोलीको निगरानीमा गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनी घर फर्किएको अस्पतालले जनाएको छ ।
थाइल्याण्डमा आयोजित एक कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएलगत्तै मन्त्री पौडेललाई ज्वरो देखिएको थियो । त्यसपछि असार १४ गते उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।
हाल मन्त्री पौडेल पूर्ण आराममा रहेका छन् र आवश्यक स्वास्थ्य परामर्शअनुसार केही दिन विश्राममा बस्ने जनाइएको छ ।
२०८२ असार २० गते
प्रतिक्रिया
सम्बन्धित









