एससीटीले ल्यायो ‘स्मार्ट जुलाई’ अफर : बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानी गर्दा १० % छुट !

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड ले नेपालमा १२० ± शाखा रहेको चेन स्टोर बिगमार्टमा SCT-UPI कार्ड प्रयोगकर्ताहरूका लागि Smart July अफर ल्याएको छ ।

जुलाई १, २०२५ देखि सुरु भएको यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० %, अधिकतम रु १०० हुने गरी छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो छुट पाउन SCT-UPI कार्ड प्रयोग गरी POS मेसिन मार्फत नै भुक्तानी गर्नु पर्नेछ । यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ । SCT ले यस अघि बिगमार्टमै SCT Smart Wednesday अफर दिँदै आएको थियो जसमा SCT-UPI कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधवार SCT-UPI  कार्डबाट भुक्तानी गर्दा १० % छुट पाउँथे ।

सो अफर अगस्टको पहिलो बुधवार देखि पूर्ण सुचारु हुनेछ । यो छुट SCT को सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका SCT-UPI कार्ड प्रयोगकर्ताहरूले पाउनेछन् ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । यस अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 4 =