चलचित्र ‘बाटुलो जून’ को पहिलो पोस्टर सार्वजनिक

काठमाडौँ । अभिनेता अनमोल केसीले आगामी चलचित्र ‘बाटुलो जुन’ को पहिलो पोस्टर सार्वजनिक भएको छ ।

शनिवार चलचित्र ‘बाटुलो जुन’ को पहिलो पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा बाटुलो जुनको तल अभिनेता अनमोल केसी र टिकटक स्टार प्रिन्सी खतिवडालाई देख्न सकिन्छ । प्रिन्सी उक्त पोस्टरमा गाउँले लुकमा देखिएकी छन् भने अनमोल फर्मल पोसाकमा देखिएका छन् । यस पोस्टरमा दुवै जनाको जोडी एकदमै जमेको देखिन्छ ।

यस चलचित्रलाई जिया केसीले निर्माण गर्नेछिन् भने भुवन केसीले निर्देशन गर्नेछन् । यो फिल्मलाई सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण गरिँदै छ ।

‘‘बाटुलो जुन’को छायांकन असार र भदौमा हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =