हिमालयन लाइफ इन्स्योरेन्सको ८ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको आज मंगलवार सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

सभाले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजी रु. ९,१४,३२,३७,३०६ को ८ प्रतिशत को दरले हुने रु. ७३,१४,५८,९८४.४८ नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत प्रदान गरेको छ ।

यसैगरी सभाले सञ्चालक समितिको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८०/८१ को अवधिको लागि बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरू स्वीकृत गरेको छ ।

त्यस्तै सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ भने सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा लेखापरीक्षक एस.सि.लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई नियुक्ति गरेको जानकारी दिएको छ ।

त्यस्तै कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरूले कुनै फेरबदल, संशोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८०/८१ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।

कम्पनीका अध्यक्ष सुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमीला के.सी.ले स्वागत मन्तव्य र सञ्चालक सा्रैरभ दुगडले धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सेयर धनीहरूको जिज्ञासाको जवाफ दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + one =