ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोट प्रा।लि।बिच यस सम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो ।

समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटीद्वारा सञ्चालित होटल तथा रिसोर्टहरुमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

आइएमई समूहको लगानीमा देशका विभिन्न स्थानहरूमा पर्यटक तथा पाहुनाहरूलाई स्तरीय सेवा सुविधा प्रदान गर्न होटल तथा रिसोर्टहरु सञ्चालन गरिरहेको छ ।

काठमाण्डौको होटल ले हिमालय लाजिम्पाट र साके एण्ड फेङ्ग रेस्टुरेन्ट लाजिम्पाट, बागलुङको इला कम्र्फोट, गंैडाकोटमा इला होटल एण्ड रिसोर्ट मौलाकाली र पोखराको लेकसाइट रिट्रीट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आरामदायी बसाई र अविस्मरणीय अनुभवको लागि प्रख्यात छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =