विदेश पढ्न जाने विद्यार्थीहरुका लागि मुक्तिनाथ बैंकको सेवा, भिसा शुल्कदेखि पीटीई शुल्कसम्म भुक्तानी गर्न सकिने

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरू मुक्तिनाथ विकास बैंकबाट गर्न सकिने सेवाको सुरुवात गरेको छ ।

एक्सपर्ट एजुकेसन तथा भिसा सर्झिस प्रा.लि. महाराजगंज र मुक्तिनाथ विकास बैंक लि. बिच एक सम्झौता गरी शैक्षिक शुल्क भुक्तानी सम्बन्धी कार्यको सुरुवात गरेको हो ।

यस सेवा अन्तर्गत उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहने नेपाली बिद्यार्थीहरुले Visa Fees, SAT, SEVIS Fees , PTE Exam Fees, Application fees, GMAT लगायतको शैक्षिक शुल्कहरू मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । यो सेवा हालको लागि बैंकको महाराजगंज शाखा र कमलादी शाखा कार्यालयबाट सुरुवात गरिएको छ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको बैंक जानकारी दिएको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याउनुको साथै अन्तरदेशीय क्युआर भुक्तानी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

त्यसै गरी मोबाइल बैंकिङ्ग, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगायतका अन्य कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =