सङ्खुवासभामा ५० शय्याको आधुनिक अस्पताल सञ्चालनमा

सङ्खुवासभा । सङ्खुवासभामा निर्माण गरिएको ५० शय्याको आधुनिक जिल्ला अस्पताल भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले सोमबार नव निर्मित अस्पताल भवन जिल्ला अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको हो ।

२०७५ साल असार २२ गते स्वामीनारायण आर्शीवाद जेभी सुनसरीसँग ठेक्का सम्झौता भएको उक्त परियोजना करिब रु २७ करोड २७ लाख ८० हजार ७२३ मा सम्पन्न भएको आयोजनाका प्रमुख सुमनकुमार मिश्रले जानकारी दिए ।

भवन हस्तान्तरणसँगै अस्पतालका तीनवटा सुविधा सम्पन्न ब्लक सञ्चालनमा आएका छन् । अत्याधुनिक संरचना तयार भएसँगै सेवा प्रवाहमा थप सहजता हुने जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष सुमन शाक्यले जानकारी दिए। “अब नयाँ भवनबाट सेवा सञ्चालन गर्न प्रक्रिया अघि बढ्छ,” उनले भने ।

नयाँ भवनमा हाडजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूति लगायतका स्वास्थ्य सेवा सञ्चालनमा छन् । अस्पतालमा दैनिक तीन सयभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् ।

पहिलेको अवस्थाबारे स्मरण गर्दै अधिकारीहरूले २०३३ सालमा बनेको पुरानो भवनको प्यासेज र भूइँमै बिरामीको उपचार गर्नुपर्ने बाध्यता रहेको जनाए । म्याद थप गरी सम्पन्न गरिएको नयाँ भवनले अब त्यो चुनौती अन्त्य हुने विश्वास लिइएको छ।

सङ्खुवासभाका १० स्थानीय तह मात्र नभई छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी क्षेत्रका नागरिकले पनि यहाँबाट सेवा लिने गरेका छन् । नयाँ संरचनासँगै सेवाको गुणस्तर र दायरा थप बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =