शुक्रबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
२०८२ असार ६ गते

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।
जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ । बिहीबारको दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
२०८२ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








