एभरेष्ट बैंक र चिनो हाइड्रोपावर बिच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेड बिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न रू १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ।
उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख मुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको हो।
मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवद्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानी स्थित सव स्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस परियोजनाको लागि नेपाल विद्युत् प्राधिकरण र चिनी हाइड्रोपावर लिमिटेड बिच विद्युत् खरिद बिक्री सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिरावट आवर विद्युत् उत्पादन हुनेछ ।








