सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
गत जेष्ठ ३० गते कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समिति सहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो ।
काठमाडौं उपत्यका बहिरका प्रदेश प्रमुख साथै शाखा प्रबन्धकहरूको अनलाइन मार्फत सहभागितामा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
यस कार्यक्रमलाई नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने साथै उपनिर्देशक पदम प्रसाद सोडारीले प्रस्तुत गरे । साथै कार्यक्रमको आयोजना कम्पनीका तर्फबाट कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत विदुर बहादुर भुजेलले गरेका थिए ।
उक्त तालिममा ग्राहकको सम्पत्ति र आयको श्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरू के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको जनाइएको छ ।
सिटिजन लाइफले नियमित अवधिमा यस कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै काठमाडौं उपत्यका बाहिरका स्थानहरूमा अन्य कर्मचारी र अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल स्वयमले नै प्रस्तुत गरेका छन् ।
उनले यसको महत्त्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिँदै आएको बताए । साथै कम्पनीले
यस प्रकारको कार्यक्रम पुन देशभरि क्रमशः विस्तार गर्ने समेत जनाएको छ ।








