आन्दोलन भइरहँदा संसद चलाउनु दादागिरी हो : प्रमुख सचेतक शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदहरूको विरोधकाबिच संसद बैठक चलाइएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आपत्ति जनाएका हुन् । उनले संसद्मा आन्दोलन भइरहँदा संसद् बैठक चलाउनु उचित नभएको बताए ।
उनले सत्तापक्ष र प्रतिपक्षीहरू सबै जनताले जिताएको जनप्रतिनिधि भएको बताए । उनले भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिन आग्रह गरे ।
सांसद शाहीले आन्दोलनका बिच संसद् चलाउनु संसदीय अभ्यास नभएको बताउँदै यो दादागिरी भएकोले दादागिरी बन्द गर्न आग्रह गरे ।
उनले भने ‘संसद्मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ रु उचित हुँदैन भन्ने मलाई लाग्छ । उहाँहरू पनि, हामीहरू पनि जनताले जिताएको जनप्रतिनिधि हो । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिनुस् । यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन । यो दादागिरी हो । दादागिरी बन्द गर्नुस् ।’
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ । आइतबारको प्रतिनिधि सभामा पनि रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् । रास्वपाको विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद अगाडी बढाएका छन् ।








