इनड्राइभले काठमाडौंमा उद्घाटन गर्‍यो कार्यालय

काठमाडौँ । इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ । यो कदम इनड्राइभको स्थानीय ड्राइभर पार्टनर्सहरू प्रति समर्पण, सहरभरि राइडहरूको लागि सेवाको गुणस्तर बढाउने, र कम्युनिटी इनिसिएसनलाई सशक्त बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्ने एउटा प्रमुख कदम भएको जानकारी दिएको छ ।

नयाँ कार्यालयले ड्राइभर पार्टनर्सलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरूको लागि केन्द्रको रूपमा काम गर्ने कम्पनीले जानकारी दिएको छ । काठमाडौँस्थित नयाँ
कार्यालयले ड्राइभर कम्युनिटीको सशक्तीकरण, राइडरहरूको अनुभव सुधार, र स्थानीय स्तरमा सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्य बोकेको जनाएको छ । यस कार्यालयमार्फत इनड्राइभले अब
ड्राइभर सपोर्ट, सीप विकासका लागि तालिम कार्यक्रमहरू, समुदाय तथा सुरक्षा–केन्द्रित अभियानहरू, साथै स्थानीय आवश्यकता अनुसार अनुकूलित मार्केटिब र साझेदारी कार्यक्रमहरू
सञ्चालन गर्ने पनि जानकारी दिएको छ ।

इनड्राइभका एपीएसी रिजनल डाइरेक्टर मार्क टोलीले भने, ‘हामी इनड्राइभमा, काठमाडौँमा हाम्रा ड्राइभर पार्टनर्स र स्थानीय समुदायका लागि अफिस खोल्न पाउँदा अत्यन्तै उत्साहित छौं । यो नयाँ कार्यालय केवल एउटा कार्यस्थान मात्र होइन, यो एक यस्तो समर्पित समर्थन केन्द्र हो जहाँ हाम्रा ड्राइभर पार्टनर्सले आवश्यक सहयोग, मार्गदर्शन, तालिम तथा आत्मबल प्राप्त गर्न सक्छन् । हामी चाहन्छौं कि उनीहरूले यहाँ आएर इनड्राइभको अभिन्न हिस्सा भएको अनुभव गरून् । यो केन्द्र उनीहरूको सफलतालाई अझ सशक्त बनाउने माध्यम हो ।’

कम्पनीका अनुसार नयाँ कार्यालयमा नियमित प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ जसले चालकहरूलाई व्यावसायिक रूपमा बढ्न र उच्चतम स्तरको सेवा प्रदान गर्न आवश्यक ज्ञान र जानकारीहरू
प्रदान गर्नेछ ।

थप रूपमा, चालकहरूले कुनै समस्याको सामना गरेमा वा टिम मेम्बरसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहेमा सिधै कार्यालयमा जान सक्नेछन् । नयाँ सुरुवातले नेपाली बजारप्रति इनड्राइभको दृढ र दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट रूपमा झल्काउने बताएको छ ।

इनड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेलले भनिन्, ‘नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण र प्राथमिक बजार हो । काठमाडौंमा नयाँ कार्यालय स्थापना गर्नु भनेको केवल एक भौतिक संरचना खडा गर्नु मात्र होइन, यो हामीले नेपाली ड्राइभर पार्टनर्ससँग निरन्तर निर्माण गर्दै आएको विश्वास र सहकार्यको प्रतीक हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =