होटल गरिमा र एनआईएमबी एस क्यापिटलबिच आईपीओको रोडम्याप सम्झौता

काठमाडौँ । इटहरीमा अवस्थित पाँचतारे होटल गरिमा लिमिटेडले आफ्नो शेयर प्रारम्भिक सार्वजनिक निष्कासन, (आईपीओ) गरी नेपालको पुँजी बजारमा प्रवेश गर्ने प्रक्रियागत कार्यसम्पादनका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडसँग ‘रोडम्याप टु आइपिओ’ सम्झौतामा गरेको छ ।

गत शुक्रवार रणनीतिक सहकार्य तथा परामर्शका लागि होटल गरिमा र एनआईएमबी एस क्यापिटलले उक्त सम्झौतामा हस्ताक्षर गरेको हो ।

होटल गरिमा लिमिटेड यस रोडम्याप सेवा सम्झौतामा हस्ताक्षर गरी सार्वजनिक सूचीकृत कम्पनी प्रतिको यात्राको शुभारम्भ गरेको छ ।

उक्त कम्पनीले काठमाडौँमा रोडम्याप टु आइपिओ सम्झौता हस्ताक्षर गर्न आयोजित एक औपचारिक समारोहका बीच सम्पन्न भएको जनाएको छ ।

सम्झौतामा होटल गरिमा लिमिटेडको तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक, विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका तर्फबाट उक्त एस क्यापिटलका डेपुटी सिइओ सचिन्द्र ढुंगानाले सम्झौता पत्रमा औपचारिक हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार, एनआईएमबी एस क्यापिटल लिमिटेडले आइपिओ सम्बन्धित विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा रही होटल गरिमा लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) प्रक्रियाको तयारी, नियामक निकायहरू सँगको समन्वय तथा संस्थागत व्यवस्थापन परिपालना सम्बन्धी कम्पनीको कार्य सुदृढीकरणमा आवश्यक परामर्श र सहयोग प्रदान गर्ने छ ।

हस्ताक्षर पछि उक्त कार्यक्रममा होटल गरिमा लिमिटेडका प्रबन्ध निर्देशक पौडेलले, यो सम्झौता होटल गरिमा लिमिटेडको पुँजी बजार प्रवेशका लागि अत्यन्तै महत्वपूर्ण रहेको र यो कम्पनीको विकासका लागि कोसेढुंगा साबित हुने बताए ।

उनले पारदर्शिता, व्यावसायिक उत्कृष्टता र लगानी विस्तार मार्फत आतिथ्यसत्कार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । यो सहकार्यले कम्पनीलाई नेपालको पुँजी बजारमा सूचीकृत हुने यात्रामा एक महत्वपूर्ण योगदान दिने बताए । त्यसैगरी एनआईएमबी एस क्यापिटल लिमिटेडका डेपुटी सिइओ ढुंगानाले होटल गरिमा लिमिटेडको आइपिओ यात्रामा आवश्यक सम्पूर्ण प्राविधिक मार्गदर्शन तथा रणनीतिक सल्लाह उपलब्ध गराउँदै निरन्तर सल्लाह सहयोग र विशेषज्ञता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा यो सहकार्य सफलतापूर्वक अघि बढ्ने अपेक्षा व्यक्त गरे ।

होटल गरिमा लिमिटेडको तर्फबाट आइपिओ प्रक्रिया प्रारम्भ गर्नु कम्पनीको दिगो विकास, संस्थागत पारदर्शिता तथा आम लगानीकर्तालाई आतिथ्य क्षेत्रमा आकर्षित गर्ने दृष्टिकोण अनुरूपको महत्वपूर्ण कदमको रूपमा लिइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =