शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउमा उल्लेख्य वृद्धि देखिएको छ । सुनमा लगानीकर्ताको रुचि शान्त रहँदा चाँदीको मूल्य भने तोलामै ७५ रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बिहीबारकै बराबर हो ।

यसैबीच, चाँदीको मूल्यमा भने आज उछाल आएको छ । महासंघका अनुसार, बिहीबार प्रतितोला २,०७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर २,१५० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =