बुधबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुनको मूल्य १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =