ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८२ जेठ १९ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
२०८२ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित








