मदिराजन्य आयातमा लाग्दै आएको भन्सार महशुल दरमा वृद्धि

काठमाडौं । सरकारले मदिरा, वियर, सूर्ति र चुरोटको आयातमा लाग्दै आएको भन्सार महशुल दरमा वृद्धि गरेको छ ।

भन्सार महसुलका केही दरमा समायोजन गरेको आगामी आर्थिक वर्षको बजेट विनियोजनका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । उनले विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको बताए । स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको जानकारी दिए ।

विद्युतीय विजक प्रणालीमा करदाताको आबद्धता बढाउँदै केन्द्रीय विजक अनुगमन प्रणालीको दायरा फराकिलो बनाईने बताए । करदाता शिक्षा र कानूनको परिपालनाको माध्यमबाट स्वेच्छिक कर सहभागिता अभिवृद्धि गरिने बताए ।

सबै किसिमका डिजिटल कारोवारलाई करको दायरामा ल्याउन डिजिटल सर्भिस ट्याक्सको आधार विस्तार गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + four =