सरकारले आगामी बर्ष सबै प्रदेशमा श्रम मेला गर्ने

काठमाडौं । सरकारले आगामी बर्ष सबै प्रदेशमा श्रम मेला गर्ने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उनले आगामी वर्ष सबै प्रदेशमा श्रम मेला चलाइने बताए ।

उनकाअनुसार सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ । उनकाअनुसार निजी क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने बताए ।

सबै किसिमका भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरिएको बताए । पौडेलले आगामी आवको बजेटमा रोजगार पोर्टल सञ्चालन गर्ने घोषणा गरे ।

उनले थप द्विपक्षीय श्रम सम्झौता र महिलाको कार्यस्थल सुरक्षा सुनिश्चितता गर्न थप सम्झौता गरिने, सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सहजता सुनिश्चित गर्न कदम चाल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =