असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी नेशनल कन्फ्रेन्स हुँदै
२०८२ जेठ १४ गते

काठमाडौं । असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी नेशनल कन्फ्रेन्स हुने भएको छ ।
इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले कन्फ्रेन्स आयोजनाको मुल उद्देश्य विशेष गरी संक्रामक रोगहरुको नियन्त्रणका विषयमा छलफल गर्नु रहेको बताएका छन् ।
उनले कन्फ्रेन्सबाट आएका विषयहरुले महामारी नियन्त्रणमा भोलिका दिनमा नीति नियम र रणनीति बनाउन उपयोगी हुने दाबी गरे ।
यसको मूल उद्देश्य फिल्ड इपिडिमियोलोजी ग्राजुएट फिल्डमै रहने र उनहरुलाई गएर महामारी रोकथाममा काम गराउन मद्दत पुग्ने डा. झाको भनाइ छ ।
उनले खासगरी छिमेकी मुलुकमा विभिन्न समयमा देखिने महामारी र त्यसले पार्ने असरबारे बृहत छलफल हुने जानकारी दिए ।
२०८२ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








