सानिमा रिलायन्सले ल्यायो धन सञ्चय जीवन बिमा, यस्ता छन् फाइदै फाइदा !

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्सोरेन्सले धन सञ्चय जीवन बिमा योजना ल्याएको छ । जसबाट बीमीतहरुले बचतका साथै अन्य थुप्रै सुविधाहरू पाउन सक्ने छन् ।

यस बीमा योजनबाट आफूले सक्रिय आम्दानी गर्न नसक्ने समयमा समेत आर्थिक सुरक्षा पाउन सकिनेछ । आफूले अनुशासित रुपमा बचत गरेको रकम केही वर्ष पछि बोनस सहित फिर्ता पाउन सकिनेछ । साथै आफ्नो जीवन काल पश्चात् पनि परिवारले बिमांक रकम यस योजना अन्तर्गत पाउन सक्नेछन् ।

बीमा योजनामा बीमितले अतिरिक्त शुल्क भुक्तानी गरेर ३ किसिमका थप सुविधा प्राप्त गर्न सक्छन् । जसअन्तर्गत बीमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी असक्तता र बीमा शुल्क छुट सुविधा प्राप्त गर्नेछन् ।

बीमालेख चालु रहेको अवस्थामा बीमितको दुर्घटना बाट मृत्यु भएको खण्डमा बीमांक रकमको दोबर रकम सम्म आश्रितले एकमुष्ट भुक्तानी प्राप्त गर्न सक्नेछ ।

साथै पूर्ण स्थायी अशक्तता सुविधा अन्तर्गत बीमितलाई बीमांक सम्मको रकम १२० महिनासम्म मासिक किस्तामा भुक्तानी गरिनेछ । यसका साथै बीमा शुल्कमा छुट सुविधासमेत पाइनेछ । यदि बीमित कुनै दुर्घटना पश्चात् पूर्ण स्थायी असक्तता भएमा उसको तिर्न बाँकी बीमाशुल्क पुरै मिनाहा हुनेछ ।

बीमितले ५, १०, १५, २०, २५ र ३० वर्ष अवधिको बीमा छनोट गर्न सक्नेछन् । भुक्तानी अवधि भने आफ्नो अनुकूलता अनुसार ५, १०, १५, २० र २५ वर्षको रोज्न सक्नेछन् । सबै खाले बीमा अवधिमा एकमुष्ट बीमा शुल्क भुक्तानीको सुविधा समेत समावेस गरिएको छ ।

योजनामा सहभागी हुनको लागि बीमितको प्रवेश उमेर कम्तीमा १८ वर्ष र बढीमा ६५ वर्षको हुनुपर्नेछ । न्यूनतम ५० हजार बीमांक बराबरको बीमालेख खरिद गर्न सकिने यो योजनामा आधिक्तममा भने बीमितको आयस्रोतको आधारमा बीमांक रकम निर्धारण गरिनेछ ।

यो जीवन बीमालेख किन खरिद गर्ने ?

यो बीमालेख अन्तर्गत बीमितले बिमा समाप्ति मिति र बीमितको उमेर १०० वर्ष पुग्दा दुई पटक रकम भुक्तानी पाउँछन् । सावधिक र आजीवन बीमाको सुविधा समावेश गरिएको यो जीवन बीमाले बीमितलाई आजीवन आर्थिक सुरक्षा र बचतको प्रत्याभूति प्रदान गर्दछ । सक्रिय जीवन यापनको निश्चित उमेर पछि जीवनको उत्तरार्धमा नियमित आम्दानी समेत नहुने समयका लागि आर्थिक सुरक्षाको बाटो अवलम्बन गरेर सार्थक जीवन जिउनका लागि यो जीवन बिमा महत्त्वपूर्ण छ । साथै छोटो समय बीमाशुल्क भुक्तानी गरी जीवनभरिका लागि आर्थिक सुरक्षा यो बीमालेखले प्रदान गर्दछ ।

यो बीमालेख खरिद गर्ने उचित समय कुन हो ?

आजीवन आर्थिक सुरक्षा प्रदान गर्ने यस बीमालेखमा बिमीतले दुई पटक सम्म रकम भुक्तानी पाउने हुँदा आफ्नो आर्थिक योजना बमोजिम पहिलो भुक्तानी जीवनको सक्रिय अवस्थामा र दोस्रो भुक्तानी जीवनको उत्तरार्धमा पाउने गरी बिमा आरम्भ गर्नुपर्छ । बिमा आरम्भ तपाईँको नियमित आम्दानीको सुरुवात सँगै गर्नु पर्दछ । यदि तपाईँले आज भन्दा पहिले बिमा गर्नु भएको छैन वा यस खालको बिमा गर्नु भएको छैन भने पनि धन सञ्चय जीवन बिमा आजै गर्नु उचित हुन्छ ।

सानिमा रिलायन्स जीवन बिमा नै किन ?

सानिमा रिलायन्सले नेपाल मै उत्कृष्ट जीवन बिमाहरू प्रदान गर्दछ । नेपाली समाजको आवश्यकता पहिचान गरी फरक र नयाँ किसिमका बीमालेखहरु पस्कन कम्पनी सफल र सक्षम रहेको छ ।

आर्थिक रूपमा सुदृढ र सम्पन्न तथा सामाजिक हिसाबले प्रतिष्ठित घरानाबाट प्रवर्धित यस कम्पनीको वित्तीय अवस्था सबल हुनुका साथ पारदर्शी र उत्कृष्ट संस्थागत सुशासनबाट सञ्चालित रहरेकाले तपाइको बिमा लेख हरेक प्रकारले सुरक्षित रहेको छ ।

बिमा अवधिको समाप्तिमा बिमा रकम तथा नियमानुसार आर्जित बोनस रकम तथा सो पश्चात् बीमालेखको सर्त अनुसार बीमित १०० वर्ष सम्म जीवित रहेमा बीमितलाई र सो भन्दा पहिले मृत्यु भएमा बिमा रकम बीमितको कानुनी हकवालालाई भुक्तानी गरिन्छ । यसरी यो बिमा अवधि समाप्ति पश्चात् पनि चलिरहन्छ । साथै छोटो समय बीमाशुल्क भुक्तानी गरी जीवनभरिका लागि आर्थिक सुरक्षा यो बीमालेखले प्रदान गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =