तिरुपती उडप्यानल उद्योगमा भीषण आगलागी
२०८२ जेठ १४ गते

सुनसरी । सुनसरी-मोरङ औद्योगिक करिडोरमा रहेको तिरुपती उडप्यानल उद्योगमा भीषण आगलागी भएको छ । बिहान २ः३० बजेदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार प्रारम्भिक अनुमानमा विद्युत् सर्ट सर्किटका कारण आगो लागेको हो । आगलागी नियन्त्रणका लागि विराटनगर, धरान, इटहरी, दमक, पथरी, दुहबी, इनरुवा लगायत स्थानबाट आएका १६ वटा दमकल परिचालन गरिएको छ ।
घटनास्थलमा सुरक्षाकर्मी, दमकलकर्मी तथा स्थानीयबासीसमेतको सहयोगमा आगो निभाउने प्रयास जारी छ । भीषण आगोका कारण उद्योगको ठूलो भागमा क्षति पुगेको आशंका गरिएको छ । यद्यपि हालसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
२०८२ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








