क्लासिक टेकले सार्वजनिक गर्‍यो 1Gbps इन्टरप्राइज प्रो इन्टरनेट स्पीड !

काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाइ मध्यनजर गर्दै 1000 Mbps अर्थात् 1Gbps को इन्टरप्राइज प्रो इन्टरनेट स्पीड सार्वजनिक गरेको छ । यसमा सार्वजनिक आईपी ठेगाना, L2 Support,र Wifi 6 राउटर निःशुल्क रहेको छ ।

विशेष गरि धेरै प्रयोगकर्ता भएको व्यवसाय जस्तै होस्टेल ,स्कूल ,हस्पिटल , आईटी कम्पनी, कन्सल्टेन्सी, होटल आदिहरुलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो ।

साना इन्टरनेट स्पीडले धेरै प्रयोगकर्ता इन्टरनेट मा जोडिदा प्राय स्पीड कम हुने र भीडभाड हुने भएकोले धेरै प्रयोगकर्ता लाई समर्थन गर्न सक्ने इन्टरनेट स्पीडको माग अनुसार 1Gbps इन्टरप्राइज प्रो प्याकेज सार्वजनिक गरिएको हो ।

1 Gbps को मुल्य भने एकदमै कम र अहिले अफर पनि रहेको छ, जसमा मासिक ७२९९/- (बाट शुरु हुन्छ । यति मात्र नभई ५०० एमबिपीएसको इन्टरप्राइज प्रो पनि सार्वजनिक गरेको हो । यस अन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौँ लगायत देशको प्रमुख सहरहरुमा सेवा सुचारु भइ सकेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =