बजाजको ‘बबाल ग्राण्ड एक्सचेन्ज मेला’ : नागरिकताका आधारमा बाइक फाइनान्स गर्न सकिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले राजविराजको रुपनीमा ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ योजना सार्वजनिक गरेको छ ।

जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साटको आकर्षक योजना यही जेठ ११ गतेदेखि सुरु भएको हो ।

यो योजना जेठ १६ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

राजविराजको रुपनी रोड ९नेपाल टेलिकमको टावर नजिकै० आयोजना हुने सो मेलामा ग्राहकहरूले मात्र नेपाली नागरिकताको आधारमा बजाजका बाइकहरू फाइनान्स गर्न सक्नेछन् । शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आकर्षक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस योजनाअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरू तत्काल उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकहरूलाई अझ राम्रो सेवा दिने उद्देश्यले यो योजना नेपालभर लागु गरिएको र ग्राहकको माग अनुरूप राजविराजको रुपनी रोडमा पनि केवल नागरिकताको आधारमा जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साटको आकर्षक योजना ल्याइएको हंसराज हुलास चन्द एण्ड कम्पनीका मार्केटिङ हेड अमितराज आलिसेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =