युनाइटेड सिमेन्ट्सले धुनिवेशीका ४२ जना महिलाहरूलाई प्रदान गर्‍यो सिलाई कटाई तालिम

काठमाडौं । युनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकाका ४२ जना महिलाहरूलाई तीन महिने आधारभूत सिलाई कटाई तालिम दिएको छ ।

धुनिवेशी नगरपालिका वडा नम्बर ९ को सहकार्यमा युनाइटेड सिमेन्ट्सले निःशुल्क तीन महिने आधारभूत सिलाई कटाई र दुई महिने एडभान्स् सिलाई कटाई प्रशिक्षण दिएको हो । उक्त तालिम मंसिर १६ गतेबाट सञ्चालन गरिएको थियो भने वैशाख २२ सम्म चलेको थियो ।

धुनिवेशीको जुगेडीमा रहेको के एल दुगड समूह अन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ४२ जना स्थानीय महिलाहरूका लागि निःशुल्क तीन महिने आधारभूत र दुई महिने एडभान्स् सिलाई–कटाई प्रशिक्षण दिएको हो ।

महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तीकरणमा योगदान पु¥याउने उद्देश्यका साथ तालिम प्रदान गरिएको हो ।

युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरि कुमार उप्रेतीले कम्पनीले जहिले पनि व्यावसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने भएकोले, यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पु¥याउने बताए ।

सोही अवसरमा धुनिवेशी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं तालिम समापन कार्यक्रमका सभापति माधव प्रसाद सिलवालले युनाइटेड सिमेन्ट्स लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो तीन महिने आधारभूत र दुई महिने एडभान्स् तालिम कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताए । सो कार्यक्रम धुनिबेशीका नगर प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो ।

युनाइटेड सिमेन्ट्स लिमिटेडले शिक्षा, स्वास्थ्य, र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =