काठमाडौंमा सुरु भयो ‘सगरमाथा संवाद’ (तस्बिरहरु)

काठमाडौं । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने मूल नारासहित अन्तरराष्ट्रिय सम्मेलन ‘सगरमाथा संवाद’ राजधानी काठमाडौँमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विशेष समारोहमार्फत सम्मेलनको औपचारिक उद्घाटन गरे ।

काठमाडौँमा आयोजित समारोहमा स्वदेश तथा विदेशबाट आएका ३५० भन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ । उद्घाटन समारोहमा परराष्ट्रमन्त्री तथा संवाद व्यवस्थापन समितिकी संयोजक डा. आरजु राणा देउवाले विशिष्ट पाहुनाहरूलाई स्वागत गर्दै सम्मेलनको उद्देश्यबारे प्रकाश पारिन् ।

समारोहमा विभिन्न मुलुकका प्रतिनिधिमण्डल प्रमुख, विकास साझेदार संस्थाका प्रतिनिधि, विज्ञ, अनुसन्धानकर्ता र अन्तरराष्ट्रिय संस्थाका प्रतिनिधिहरूले सम्बोधन गर्ने क्रम जारी छ ।

‘सगरमाथा संवाद’ अन्तर्गत उद्घाटन समारोहपछि विषयगत छलफल तथा समानान्तर सत्रहरू सञ्चालन गरिने कार्यक्रम रहेको छ । आइतबार (जेठ ४ गते) सम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनका विश्वव्यापी चुनौती र पर्वतीय क्षेत्रसँग सम्बन्धित समस्या तथा सम्भावनामाथि बहु-पक्षीय संवाद र समाधानको खोजी गरिनेछ ।

सरकारद्वारा पहिलो पटक आयोजना गरिएको यो संवादलाई हरेक दुई वर्षमा निरन्तर आयोजना गरिने लक्ष्य रहेको बताइएको छ । हिमनदी संरक्षणदेखि पर्वतीय जीवनशैली, वातावरणीय जोखिम तथा अन्तरराष्ट्रिय सहकार्यजस्ता विषयहरूमा गहन छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 15 =