बजाजको नयाँवर्ष अफर ‘खुसीको मिटर’ का भाग्यशाली विजेता घोषणा

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए ।

सहभागीहरू मध्येबाट, लक्की ड्र मार्फत यस एण्ड ब्रदर्स अटो प्रा. लि., विराटनगरका मोसीम आलमले एक लाख नगद पुरस्कार जित्न सफल भएका छन् ।

कम्पनीले यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको जनाएको छ । जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू समेत जित्ने अवसर पाएका थिए ।

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो । जसअन्तर्गत सहभागीहरूले घरमै बसी बसी विभिन्न आकर्षक उपहारहरू जित्न सफल भएको कम्पनीले जनाएको छ ।

ग्राहकहरूले उक्त उपहारहरू प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए ।

सबै सहभागीहरूका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी लक्की ड्र प्रक्रिया मार्फत विजेताको छनोट गरिएको कम्पनीको दाबी छ । विजेता आलमले १५० सिसि पल्सर मोटरसाइकल खरिद गरेका थिए ।

‘खुसीको मिटर’ क्याम्पेन केवल एक प्रचारको लागि मात्र नभई यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास भएको कम्पनीले जनाएको छ ।

‘ग्राहकहरूलाई उनीहरूको निरन्तर विश्वासको लागि धन्यवाद दिन र वर्षको सुरुवातलाई साँच्चै विशेष बनाउन ‘खुसीको मिटर’ सुरु गरेका थियौँ, हामी श्री मोसीम आलमलाई विजेताको रुपमा हार्दिक बधाई दिन्छौँ । साथै सम्पूर्ण सहभागीहरूलाई पनि धन्यवाद दिन चाहन्छौं ।’ कम्पनीमा मार्केटिङ हेड अमितराज चालिसेले भने ।

त्यस्तै नगद विजेता आलमले आफ्नो जितको बारेमा थाहा पाएपछि आफ्नो खुसी र कृतज्ञता व्यक्त गर्दै भने, ‘मलाई सुरुमा त विश्वासै लागेन । पक्का भएपछि अति नै खुसी लाग्यो । बजाज सधैँ एक विश्वसनीय ब्रान्ड रहेको छ, र रही रहने छ भन्ने विश्वास गरेको छु । ‘खुसीको मिटर’ अभियान मार्फत जित्नुले यसलाई अझ विशेष बनाएको छ । यो खुसीमा म सम्पूर्ण बजाज परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =