सुनको मूल्यमा फेरि भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?
२०८२ वैशाख ३० गते

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य रूपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घट्दै १ लाख ८४ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले सुनको मूल्य घटेको व्यवसायीहरू बताउँछन् ।
चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ । सोमबार १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२०८२ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित








