अर्गा भगवती भेन्चर र कुमारी क्यापिटल बीच सहकार्य गर्ने सम्झौता

काठमाडौँ । अर्गा भगवती भेन्चर प्रा. लि. र कुमारी क्यापिटल लिमिटेड बीच सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अन्तर्गत अर्गा भगवतीको नविकरणीय सौर्य परियोजनालाई संस्थागत परामर्श सेवा अन्र्तगत Way to listing मार्फत कम्पनीलाई सूचीकरण हुँदा सम्म गर्नुपर्ने सम्पूर्ण कार्यहरु जस्तै, कम्पनी Conversion, सार्वजनिक निष्काशन लगायतका सम्पूर्ण कार्यहरु नियम निकायहरूसँगको समन्वयमा पुरा गर्ने गरी कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
अर्गा भगवती भेन्चरले, हाल अर्घाखाँची जिल्लामा १० मेगावाटको नविकरणीय सौर्य उर्जा उत्पादनको निर्माण कार्य अनवरत रुपमा अगाडी बढाइरहेको छ ।
छोटो समयमा विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारण लाईन मार्फत वितरण गरी देशको आर्थिक सम्बृद्धिमा टेवा पुर्याउने र स्वच्छ वातावरण प्रवद्र्धन गर्ने लक्ष्य रहेको कम्पनीका अभक्ष्य कुशल थापाले बताए ।
हालै मात्र वित्तीय व्यवस्थापनको रुपमा प्राइम कमर्सियल बैंक लिमिटेड मार्फत Financial Closure सम्पन्न गरिसकेको बताइएको छ ।
सम्झौतामा अर्गाल भगवती भेन्चर प्रा। लि।का सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।








