सुनको मूल्यमा फेरि वृद्धि, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पुनः सुनको मूल्यमा वृद्धि देखिएको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ६ सय रुपैयाँले बढेको छ ।

बुधबारको तुलनामा मूल्य वृद्धिसँगै छापावाल सुन आज तोलाको १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य १ लाख ९१ हजार ६ सय रुपैयाँ थियो ।

सुनको मूल्यमा निरन्तर उकालो लागिरहेका बेला चाँदीको मूल्य भने ओरालो लागेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा १० रुपैयाँ कम हो । बुधबार चाँदी प्रति तोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =