तोलामा ५३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८२ वैशाख २३ गते

काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार दोस्रो दिन समेत उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ५ हजार ३ सय रुपैयाँले बढी हो ।
सोमबार मात्र सुनको मूल्य ५ सय रुपैयाँले बढेको थियो। त्यस अनुसार अघिल्लो दिन सुनको कारोबार मूल्य १ लाख ८४ हजार ६ सय रुपैयाँ थियो । सुनको मूल्यले लगातार उचाइ लिँदै गर्दा आम उपभोक्ता र गरगहनाको कारोबारमा संलग्न व्यवसायी दुवै प्रभावित भएका छन् ।
यसैबीच, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। सोमबार प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५५ रुपैयाँले बढ्दै १ हजार ९ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
२०८२ वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित








