पावर हिटर आदिलको प्रतिबन्ध फुकुवा, टिममा फर्किने अपेक्षा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा प्रतिबन्धमा परेका आलमको प्रतिबन्ध फुकुवा गरेको हो ।

क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको छ ।

क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानबिन गरेर बुझाएको प्रतिवेदन अनुसार प्रतिवेदन फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।

आदिललाई २०७९ पौषमा भएको नेपाल टी२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध लगाएको थियो ।

आदिलले अब राष्ट्रिय टोलीमा फर्कन बाटो खुलेको छ । मध्यम गतिमा बलिङ गर्ने अलराउन्डर आदिल आक्रामक ब्याटिङका लागि परिचित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =