पाकिस्तानले बन्द गर्‍यो आईपीएलको प्रसारण

काठमाडौँ । पाकिस्तानले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्रशारण बन्द गरेको छ ।

पहलगाम आक्रमणपछि बढ्दो भारत पाकिस्तान तनावका बीच पाकिस्तानले आईपीएलको प्रशारण बन्द गरेको हो ।

यसअघि भारतले पाकिस्तान सुपर लिग (पीएसएल)को प्रत्यक्ष प्रशारणमा प्रतिबन्ध लगाएको थियो । पीएसएल प्रतिबन्धसँगै पाकिस्तानी खेलाडीका सामाजिक सञ्जाल पनि भारतमा बन्द गरिएको हो छ ।

जसमा पाकिस्तानी क्रिकेटर बाबर आजम, मोहम्मद रिजान, शोएब अख्तर, शाहिद अफ्रिदी, वासिम अकरम जस्ता कैयौं रहेका छन् ।

यसको जवाफमा पाकिस्तानले पनि आईपीएलमाथि प्रतिबन्ध लगाएको हो ।

२२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक जना नेपालीसहित २६ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =