रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, आर्सनल र इन्टर मिलान सेमिफाइनलमा

काठमाडौं । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आर्सनलले शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा रियल म्याड्रिडलाई २-१ ले पराजित गर्दै आर्सनलले समग्रमा ५-१ को फराकिलो जित हासिल गर्‍यो ।

पहिलो लेगमा ३-० को जित निकालिसकेको आर्सनलले दोस्रो लेगमा पनि आफ्नो लय कायम राख्यो । खेलको ६५ औं मिनेटमा बोकायो साकाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ६७ औं मिनेटमै भिनिसियस जुनियरले बराबरी गोल फर्काए पनि अन्तिम क्षणमा मार्टिनेलीले निर्णायक गोल गरे । यस जितसँगै १५ पटकको च्याम्पियन रियल म्याड्रिड सेमिफाइनलबाट बाहिरिएको छ ।

यसैबीच, अर्को खेलमा इन्टर मिलानले बायर्न म्युनिखसँग २-२ को रोमाञ्चक बराबरी खेलेपछि समग्रमा ४-३ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको छ ।

सेमिफाइनलमा बार्सिलोना इन्टर मिलानसँग भिड्नेछ भने पिएसजी र आर्सनलबीच चर्को प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =