मुम्बईलाई १२ रनले हराउँदै तेस्रो स्थानमा उक्लियो आरसीबी

काठमाडौं । सोमबारको रोचक खेलमा रोयल च्यालेन्जर बंगलोर (आरसीबी)ले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गर्दै आईपीएल २०२५ मा तेस्रो जित दर्ता गर्‍यो। २२२ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रनमै सीमित भयो ।

खेलको सुरुवातमै दबाबमा परेको मुम्बईले पहिलो १० ओभरभित्रै रन गति कायम गर्न नसकेपछि पछि परेको थियो । यद्यपि, कप्तान हार्दिक पाण्डे र तिलक वर्माले विस्फोटक ब्याटिङ गर्दै खेलमा फर्काउने प्रयास गरे ।

मुम्बईलाई अन्तिम २ ओभरमा २८ रन आवश्यक भएको अवस्थामा आरसीबीका जोश हजेलउडले पहिलो बलमै हार्दिकलाई छक्का प्रहार गर्ने प्रयासमा आउट गरे । पाण्डेले १५ बलमा ४२ रनको योगदान दिए । त्यसपछि तिलक वर्मा पनि लामो टिक्न सकेनन् । उनले २९ बलमा ५६ रन बनाएका थिए भने उनलाई भुवनेश्वर कुमारले पवेलियन फर्काए ।

अन्तिम ओभरमा २० रन आवश्यक हुँदा माइकल सान्टनर र दीपक चाहरले क्रुनाल पाण्डेयको बलमा विकेट गुमाए । पाण्डेले उक्त ओभरमा तीन विकेट लिँदै खेलको पासा नै पल्टाइदिए । उनले चार ओभरमा ४५ रन खर्चेर ४ विकेट हात पारे। भुवनेश्वर कुमार र जोश हजेलउडले समान २-२ विकेट लिए। सुयश शर्माले पनि किफायती बलिङ गर्दै ४ ओभरमा मात्र ३२ रन खर्चिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङमा उत्रेको आरसीबीले ५ विकेट गुमाउँदै २२१ रन बनाएको थियो । टिमका लागि विराट कोहली र कप्तान रजत पाटीदारले अर्धशतक प्रहार गरे । विराटले ४२ बलमा ६७ रन बनाए, जसमा आठ चौका र दुई छक्का सामेल थिए । पाटीदारले ३२ बलमा ६४ रन बनाउँदै म्यान अफ द म्याचको उपाधि पाए । त्यस्तै, जितेश शर्माले १९ बलमा अविजित ४० रन जोडे भने देवदत्त पाडिकलले २२ बलमा ३७ रन बनाए । मुम्बईका लागि हार्दिक पाण्डेले बलिङमा दुई विकेट लिए, चार ओभरमा ४५ रन खर्चेर ।

यो जितसँगै आरसीबीले ४ खेलमा ३ जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लगातार प्रदर्शनमा कमी देखिएको मुम्बई भने पाँच खेलमा चार हारसहित आठौँ स्थानमा खस्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =