नेपाल लाइफ इन्स्योरेन्सका ३ जना नवनिर्वाचित संचालक सदस्यहरूद्वारा पदबहाली
२०८१ चैत ३ गते

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित ३ जना संचालक सदस्यहरूले अध्यक्ष गोविन्द लाल संघईबाट शपथ ग्रहण गरी पदबहाली गरेका छन् ।
निर्वाचन सम्पन्न भए पश्चात् चैत २ गते बसेको कम्पनी संचालक समितिको ३९३ औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम उनीहरूले शपथ ग्रहण गरेका हुन् ।
कम्पनीको २५ औँ वार्षिक साधारण सभाको निर्णयअनुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, वीरगन्जमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा विमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका हुन् ।
२०८१ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








