एनआईसी एशिया क्यापिटले सञ्चालन गर्‍यो डायस्पोरा खाता र ‘अफर फर सेल ओएफएस प्लेटफर्म’

काठमाडौं । एनआईसी एशिया क्यापिटलले गैर–आवासीय नेपाली तथा नेपाल बाहिर बसोबास गर्ने नेपालीलाई लक्षित गरेर विशेष डायस्पोरा खाता सञ्चालन गरेको छ ।

आफ्नो मर्चेण्ट बैंकिङ सेवालाई थप परिष्कृत गर्न ‘वान स्टप सोलुसन’ सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा सञ्चालनमा ल्याएको हो ।

एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैङ्किङ सेवा अन्तर्गत विभिन्न कम्पनीहरूलाई संस्थागत परामर्श सेवा प्रदान गरिरहेको छ ।

यस सेवामा सेवा गैर–आवासीय नेपाली तथा नेपाल बाहिर बसेर गरी नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी लगानीकर्ताहरू व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरू एन आई सी एशिया क्यापिटल मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।

उक्त सेवाले लगानीकर्ताहरूलाई एकीकृत रुपमा वित्तीय, कानुनी र कम्पनी सञ्चालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्ने विश्वास लिइएको छ ।

यस्तै एनआईसी एशिया क्यापिटलले धितो पत्रको दोस्रो बजारमा सूचिकृत भएका तथा नभएका कम्पनीहरूको संस्थापक शेयर खरिदबिक्री गर्न सहज बनाउने उद्देश्यले ‘अफर फर सेल ओएफएस प्लेटफर्म’ पनि सञ्चालनमा ल्याएको छ ।

यो सेवा विशेष रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढवा दिँदै गैर–आवासीय नेपालीहरू र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरू लगायत विश्वभर छरिएर बसोबास गरिरहेका नेपालीहरूलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा सञ्चालन गर्नको लागि सहजीकरण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।

डायस्पोरा खाता सेवाका मुख्य विशेषताहरू

लन्च प्याड (स्टार्टअप आवश्यक) : कम्पनी दर्ता, कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम सङ्कलन गरिदिने

ग्रोथ क्याटालिस्ट (व्यवसाय विस्तार): इक्विटी लगानी, इक्विटी/उद्यम पुँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी एफडीआई सम्बन्धमा परामर्श

क्यापिटल एज (बजार पहुँच): निष्कासन तथा बिक्री प्रबन्धक, आरटीए/आरटीएस सेवाहरू, पुँजी सङ्कलन र नियामक निकायले तोके बमोजिमको कार्यसम्पादन,

इनसाइट ३६० (परामर्श सेवा): वित्तीय विश्लेषण, कम्पनी मूल्याकंन, इक्विटी लगानी र व्यवसाय सञ्चालनमा आवश्यक परामर्श

परामर्श किन लिने ?

डायस्पोरासँग सम्बन्धित सम्पूर्ण विषयमा वन स्टप सलुशन

सम्बन्धित क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वहरू मार्फत सेवा उपलब्ध

कम्पनी स्थापना वा विस्तार, आइपिओ निष्कासन गर्ने देखि धितो पत्रको दोस्रो बजारमा सूचीकरण गरी शेयर धनी विवरण अद्यावधिक गरी राख्ने सम्मको कार्य एकीकृत रुपमा लिन सकिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =