नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको गभर्नर समक्ष शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७ औं बैठकबाट चयन भएका अध्यक्ष पृथ्वी बहादुर पाँडले प्रचलित कानुन तथा नियमानुसार २०८१ फाल्गुन २६ गते नेपाल राष्ट्र बैंकको एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =