महिला टी-२० आई शृङ्खला : नामिबियासंग हार्‍यो नेपाल

काठमाडौं । चार देशीय महिला टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको छ । अन्तिम ओभरमा दुई क्याच छोड्दा नेपालले ६ विकेटको हारेको हो ।

अन्तिम ओभरमा नामिबियालाई जितका लागि १० रन आवश्यक थियो, तर नामिबियाले एक बलअगावै लक्ष्य भेट्टाएको हो । वर्षाका कारण ओभर छोट्ट्याइएको खेलमा नामिबियाले १५ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो ।

महिला टी-२० आई शृङ्खला : वर्षाले रोकियो नेपाल र नामिबियाबीचको खेल

नामिबियाकी मेकेलान्ये म्याटिलले सर्वाधिक २६ रन जोडिन् । जुरिएन डियर्गाड्र्टले ७ बलमा १३ रन जोड्दै नामिबियालाई जितको बाटो पहिल्याइन् ।

बलिङमा पूजा महत्तो, कविता जोशी, कप्तान ईन्दु वर्मा र ईश्वरी विष्टले एकएक विकेट लिए । त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =